Rule 39K
स्वीकृति नलिई भू–उपयोग परिवर्तन गर्न नपाइने
ः (१) नियम ३९ञ. बमोजिम गठित समितिको स्वीकृति नलिई एक उपयोगका लागि निर्धारित जग्गा अर्को उपयोगमा लगाउन पाइने छैन । (२) उपनियम (१) बमोजिम निर्धारित भू–उपयोगको जग्गाको उपयोग परिवर्तन गर्ने स्वीकृति माग गर्दा अनुसूची–२१ बमोजिमको ढा“चामा निवेदन दिनु पर्नेछ । (३) उप–नियम (२) बमोजिमको निवेदनमा समितिले आवश्यक जा“चबुझ गरी उपयुक्त देखेमा स्वीकृति दिन सक्नेछ ।